५ हजार मिटर महिला दौडमा सन्तोषीलाई स्वर्ण

कार्तिक २ ,रोल्पा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर महिला दौडमा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।


उनले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पारिन् । सन्तोषीले निर्धारित दुरी १७ मिनेट ५ दशमलव २९ सेकेन्डमा पूरा गरिन् । रजत जितेकी राजपुराले १७ मिनेट १२ दशमलव ५ सेकेन्डमा दौड पूरा गरिन् ।

Previous Post Next Post