तनहुँमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गयो

कार्तिक ४, रोल्पा ।तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ ।

चितुवाको आक्रमणबाट ११ वर्षीया बीना चेपाङको ज्यान गएको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घरबाट सानिमाको घर जाने क्रममा बिहान साढे ६ बजे बीनालाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।


पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गएको असारमा चितुवाको आक्रमणबाट एक जना बालकको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए । 

 

Previous Post Next Post