Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघरमा धर्ना (तस्बिरहरू)

राेल्पा । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै थारु समुदायले माइतीघर मण्डलामा धर्ना दिएका छन् । 

सरकारले गएको आइतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । त्यही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै आज बुधवार माइतीघर मण्डलामा थारु समुदायले धर्ना गरेका हुन् । 

थारु कल्याणकारिणी सभा र थारुहट/थारुवान संयुक्त सङ्घर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, सङ्घ, सङ्गठनका व्यक्तिहरूको उपस्थिति रहेको थियो । उनीहरूले अध्यादेश अविलम्ब प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरीलगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् । 

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र चौधरीले रेशम चौधरीलगायतका आरोपित व्यक्तिहरू निर्दोष रहेको बताउँदै टीकापुर घटनाको सम्बन्धमा नेपाली कांग्रेसको आधिकारिक धारणा माग गर्नुभयो । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको भन्दै उहाँले पार्टीको धारणा स्पष्ट पार्न अनुरोध गर्नुभयो । 

उहाँले टीकापुर घटनाको सम्बन्धमा नेकपा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभयो । विगतमा एमाले सरकारले पनि रेशम चौधरीको रिहाइका लागि सम्झौता गरेको उल्लेख गर्दै केन्द्रीय सदस्य चौधरीले आफूले सम्झौता गर्दा ठिक र अर्को सरकारले गर्दा बेठिक भनि एमालले दोहोरो चरित्र देखाएको बताउनुभयो ।