काठमाडौं । निर्माण व्यवसायीहरूले आगामी असार ४ गतेभित्र सरकारले सबै आयोजनाहरूको म्याद थप नगरे निर्माणसम्बन्धी सबै कामहरू ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलनगरी असार ४ गतेभित्र सबै आयोजनाहरूको म्याद थप नगरे निर्माणसम्बन्धी सबै कामहरू ठप्प पार्ने चेतावनी दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पटक–पटक छलफल हुँदा गरिएको सहमतिअनुसार सबै आयोजनाहरूको म्याद थप असार ४ गतेभित्र नभए आफूहरू निर्माण कार्य नै ठप्प पारी आन्दोलनमा जान बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले चेतावनी दिनुभयो ।
उहाँले विगत लामो समयदेखि आफूहरूले राख्दै आएको माग पूरा हुनेगरी आगामी आर्थिक वर्षको बजेट नआएको भन्दै आपत्ति जनाउनुभयो । अध्यक्ष सिंहले निर्माण उद्योग अर्थतन्त्रलाई चलायमान पार्ने उद्योगहरूको पनि उद्योग भएकाले माग सम्बोधन गरेर अघि बढ्न सरकारलाई खबरदारी गर्नु परेको स्पष्ट पार्नुभयो ।
माग सम्बोधन नभए सबै इजाजत राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने चेतावनी दिएको छ ।

0 Comments