पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा आज आइतवार बेलुकी जीप दुर्घटना भएकाे हाे ।
दुर्घटनामा ज्यान गुमाउनेमा दुई महिला र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलिसकेकाे छैन ।
प्रहरीका अनुसार सालझण्डीबाट अर्घाखाँचीका लागि छुटेको लु १ च ९०२४ नम्बरको जीप सडकबाट तल खसेकाे हाे । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुपन्देहीमा रहेकाे लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

0 Comments