काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ ।
उहाँ नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ गएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो।
सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराउनुभएको थियो ।
देउवा सचिवालयका अनुसार पेटसम्बन्धी समस्या देखिएकाले नियमित फलोअपका लागि सिंगापुर अस्पतालमा जानुभएको हो ।

0 Comments