काठमाडौं । लुम्बिनी प्रदेशका तीन जिल्लामा शुक्रबार(भोलि) सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश सरकार, मन्त्रिपरिषद्को २०८० जेठ ३२ गतेको निर्णयअनुसार भुम्या पर्वको अवसरमा भोलि रोल्पा, रुकुम र दाङमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिनुभयो ।
भुम्या पर्व मगर समुदायले आफ्नो मुख्य पर्वको रुपमा ५ दिनसम्म मनाउँछन् ।
मगर समुदायले असारको पहिलो साताभर भूमिको पूजा गरी नाचगान गरेर यो पर्व मनाउने गर्छन् ।

0 Comments