रोल्पा र रुकुमका मगर समुदायले भूम्या पर्व मनाउँदै, आज सार्वजनिक बिदा

राेल्पा । रोल्पा र रुकुमका मगर समुदायले आज भूम्या पर्व मनाउँदै छन् । रोल्पाको थबाङ, सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँहरुमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी जमिनको पूजा गरिन्छ । 

भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुममा आज सार्वजनिक बिदा समेत दिएको छ।


भूमि देवता खुसी भए प्राकृतिक विपत्ति बेहोर्न नपर्ने विश्वासकासाथ यो पर्व मनाउने गरिन्छ । 

यो पर्वमा युवायुवतीदेखि बुढाबुढीसम्म एकैचोटी धेरै जना नाच्न सकिने नोको बाङ्गे नाचको पनि आयोजना गरिन्छ । वसन्त ऋतुमा विवाह गर्ने जोडीको दाम्पत्य जीवन सधैँ सुखी हुने धार्मिक संस्कारलाई कायम राख्न भूम्या पर्वको सुरुवात गरिएको मगर समुदायका अगुवाहरु बताउँछन् । 

Post a Comment

0 Comments