रोल्पा । रोल्पामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ नैलिबाङ कुईपा धारा का ४९ बर्षिय वडा सदस्य दिल बहादुर घर्तिको ज्यान गएकोे छ ।

घर्तिको श्रावण ४ गते साँझ करिब ९ बजेर ३० मिनेटको समयमा चट्याङ लागेर ज्यान गएको थियो । वडा सदस्य घर्तिकाे मृत्यु आफ्नो घरबाट करिब ३ किलोमिटर टाढा रहेको आफ्नो कान्छो भाईको घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभएको छ ।
साथै घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
0 Comments