काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज शुक्रबार पनि जारी रहने भएको छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् । हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
केन्द्रीय सदस्यहरूले पार्टीका शीर्ष नेताहरूले नै गुटको नेतृत्व गर्दा पार्टी विभाजित बनेको भन्दै आपत्ति जनाएका थिए ।
बैठकको सामाजिक सञ्जालमार्फत लाइभ हुँदै आएकोमा भने केन्द्रीय सदस्यहरूले नेतृत्वको प्रशंसा गर्दै आएका छन् । बैठक भोलि सम्म सम्पन्न गर्ने तयारी रहेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

0 Comments