काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । प्रज्ञा प्रतिष्ठानको भवनमा बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ । चौथो दिनको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । मंसिरमा तय भएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीलगायतका विषयमा छलफल भइरहेको छ ।
अस्ती बुधबारदेखि शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् । हिजोसम्ममा १४२ सदस्यले धारणा राखिसकेको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
हरेक सदस्यहरूलाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको छ । माओवादीमा २२ जना महिला सदस्य केन्द्रीय कमिटीको आकार ४०७ सदस्यीय पुगेको छ ।
बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५० भन्दा बढी सहभागी छन् ।
केन्द्रीय सदस्यले उठाएका विषयमा अध्यक्ष प्रचण्डले जवाफ दिएपछि भोलि बैठक सक्ने तयारी रहेको सचिव पौडेलले बताउनुभयो ।

0 Comments