अर्जुन बिष्टको नयाँ तीज गीत ‘चिटिक्कै परेर’ भोलि सार्वजनिक हुने

रोल्पा । पछिल्लो समय बजारमा धमाधम मोर्डन खालका तीजका गितहरु सार्वजनिक गर्ने लहर चलिरहेको बेला गायक अर्जुन बिष्टको पहिलो तीज गीत भोलि आइतबार सार्वजनिक हुने भएको छ । चिटिक्कै परेर बोलको तिज गीत भोलि अर्थात् श्रावण २१ गते आईतबार बिहान साढे ८ बजे सार्वजनिक हुने गायक बिष्टले बताउनुभएको छ । अर्जुन विष्टको आफ्नै युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक हुने समेत जानकारी दिनुभएको छ ।

झन्डै २ लाख लगानीमा बनेको उक्त तिज गीतमा समाजको राम्रो पक्षलाई समाबेश गरेर बनाइएको विष्टले भनाई रहेको छ । यस गीतमा नव गायक अर्जुन विष्ट र गायिका तुलसा घर्ति मगरको स्वर रहेको छ । शब्द अर्जुन बिष्ट र लय दीपक पुनमगरको रहेको छ । अमर रोका मगरको एरेन्जमा रहेको गीत शंकरा रेकर्डिङ डिजिटल स्टुडियो बाग बजार काठमान्डौमा रेकर्ड गरिएको हो । गितको निर्देशक खबपु चनचल मगरले गर्नुभएको थियो । उक्त गितमा अभिनय ‘पत्थरको मुटु’ विजय पुन मगर र करिश्मा पुन मगरको रहेको छ । 

गित हेर्नको लागि लिंक 

https://youtube.com/@arjunbista8658

Post a Comment

0 Comments