अर्जुन बिष्टको‘चिटिक्कै परेर’ तिज गित बिमोचन

टेकमन बिष्ट, रोल्पा । रेडियो जलजलाका कार्यरत तथा बिष्ट सेवा समाजका सदस्य अर्जुन विष्टको पहिलो ‘चिटिक्कै परेर’ तिज गित थनबाङ रोल्पामा बिमोचन भएको छ । बिष्ट सेवा समाज सुनछहरी गाउँपालिका पाँच थनबाङ रोल्पाको आयोजनामा आज थनबाङ रोल्पामा विमोचन कार्यक्रम सम्पन्न गरिएको हो ।

अर्जुन विष्टको आफ्नै युट्युब च्यानलबाट उक्त तिज सम्बन्धि गित भिडियो श्रावण २१ गते भएको सार्वजनिक भएको थियो ।

पछिल्लो समय बजारमा धमाधम मोर्डन खालका तीजका गितहरु सार्वजनिक गर्ने लहर चलिरहेको समयमा गायक अर्जुन बिष्टको पहिलो तीज गीत सहितको भिडियो हिजो आइतबार युट्युब  लोकार्पण भएको थियो ।

सानैदेखि कलाकार क्षेत्रमा चासो भएका अर्जुन बिष्टको सपना पुरा भए पनि नभए पनि उहाको इच्छा पुरा भएको बिष्टले बताउनुभयो । संचारकर्मी अर्जुन बिष्टको ‘चिटिक्कै परेर`भन्ने पहिलो गित हो उक्त तिज गित स्रोता माझ ल्याइ सक्नुभएको छ । गितमा शब्द अर्जुन बिष्टको रहेको छ यस्तै गरि लय दीपक पुनमगरको रहेको छ । अमर रोका मगरको एरेन्जमा रहेको गीत शंकरा रेकर्डिङ डिजिटल स्टुडियो बाग बजार काठमान्डौमा रेकर्ड गरीएको बिष्टले बताउनुभयो । उक्त गीतमा ‘पत्थरको मुटु’ विजय पुन मगर र करिश्मा पुन मगर अभिनय रहेको छ । 

करिव २ लाख लगानीमा बनेको उक्त तिज गितमा समाजको राम्रो पक्षलाई समाबेश गरेर बनाइएको अर्जुन विष्टले बताएका छन् उक्त गितमा अर्जुन विष्ट र तुलसा घर्ति मगरको स्वर रहेको छ । शब्द अर्जुन बिष्टकै रहेको छ यस्तै गरि लय दीपक पुनमगरको रहेको छ । अमर रोका मगरको एरेन्जमा रहेको गीत शंकरा रेकर्डिङ डिजिटल स्टुडियो बाग बजार  काठमान्डौमा रेकर्ड गरी भिडियो रेकर्डिङ गरिएको  बिष्टले बताउनुभयो । उक्त गीतमा ‘पत्थरको मुटु’ विजय पुन मगर र करिश्मा पुन मगरको अभिनय रहेको छ । बिष्ट रेडियो जलजला तथा सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुनछहरी गाउँपालिका कार्यपालिका सदस्य अनिशा बिष्टको,बिष्ट सेवा समाजका सल्लाहकार तथा जेष्ठ नगरिकन तिले बिष्ट,नेकपा एमालेका सदस्य तथा जेष्ठ नागरिक रिमु सुवेदी,समूहका अध्यक्ष गोबिन्दराज बिष्ट,टोल बिकास संस्थाका उपाध्यक्ष नरबहादुर खत्री,जेष्ठ नगरीक तिले बिष्ट,जिते बितालु,जसमान बिष्ट,पुर्व युवा समूहका क्रीस्चियन सदस्य हिमाल बिष्ट लगाएको आतिथ्य रहेको थियो ।

अर्जुन बिष्टको ‘चिटिक्कै परेर’ गितलाई उत्साह दिदै थनबाङ टोल बाट उन्नाईस हजार सात सय असी रुपैया सहयोग आएको थियो । कार्यक्रमको संचालन संयोजक जुनिश कुमार बिष्टले गर्नु भएको थियो।

Post a Comment

0 Comments