काठमाडौं । आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
यो वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो।
नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो। त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ।

0 Comments