चिनियाँ राजदूतलाई स्पष्टीकरण लिनुपर्ने देखिए सरकारले लिनुपर्छ : पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न वैदेशिक सहायता, वैदेशिक ऋण र वैदेशिक लगानी वृद्धि गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बिहीबार उनले वैदेशिक सहायता, ऋण र लगानी वृद्धि नगरेसम्म मुलुकले आर्थिक विकासमा फड्को मार्ने सम्भावना नरहेको बताए ।

Dabur nepal
Agni Group

ऋण सहायता र लगानी नेपालको प्राथमिकतामा लिइनुपर्नेमा भने उनको जोड थियो ।

पुनले नेपालको संसदले सर्वसम्मत रुपमा जारी गरेको नयाँ नक्सालाई अन्तर्राष्ट्रिय जगतले स्वीकार गर्नैपर्नेमा जोड दिए । उनले संयुक्त राष्ट्रसंघसहित विभिन्न मुलुकलाई नयाँ नक्साबारे जानकारी दिइएको छ कि छैन भन्नेबारे परराष्ट्र मन्त्रालयसँग उनले जवाफ मागे । 

फरक प्रसंगमा उनले कसैको पनि नाम उल्लेख नगरी नेपालस्थित कुटनीतिक नियोगका व्यक्तिहरुले आफ्नो मुलुकबाहेक नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे टिप्पणी गर्नु जायज र ठीक नभएको उल्लेख गरे । 

त्यसबारे सम्बन्धित राजदूतलाई सचेत गराउन वा स्पष्टीकरण लिन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराए । ‘राजदूतको भनाइमा स्पष्ट हुनुपर्छ । को–को राजदूत कहाँको राजदूतले भने भन्दा पनि कसैले पनि छिमेकसँग सम्बन्धित विषयमा अरुले टिप्पणी गर्ने परम्परा बसाल्नु हैदन’, उनले भने, ‘यो बेठीक हुन्छ । हाम्रो घरेलु विषय हो । यसमा परराष्ट्रमन्त्रालयले सर्तक बनाउनु पर्छ । स्पष्टीकरण लिने हो कि के हो सरकारले गरोस् । तेस्रो देशको बारेमा कोही पनि राजदूतले बोल्न मिल्दैन ।’

Post a Comment

0 Comments