म विरुद्ध पटकपटक मुद्धा पर्नु सामान्य विषय होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सामान्य नभएको टिप्पणी गर्नुभएको छ ।

उहाँले आफू प्रधानमन्त्री भएपछि पटक–पटक कार्यकारीविरुद्ध अदालतमा मुद्दा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

‘विस्तृत शान्ति सम्झौताको मर्मविपरीत, संविधानसभाा, संविधानको मूल प्रवाहमाथि कुठाराघात गर्दै प्रधानमन्त्रीका विरुद्ध मुद्दा हाल्ने काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘मेरो यो भनाइ अदालतमाथि अपमान गर्नु छैन । 

बरु म अदालतलाई धन्यवाद दिन चाहन्छु । कमसेकम त्यस्ता मुद्दालाई अदालतले पेन्डिङ गरिदिएको छ । तर, मुद्दा त छ । यो सामान्य कुरा होइन । यो मेरो व्यक्तिगत कुरा होइन र थिएन पनि । परिवर्तन र जनताले गरेको त्यागको सम्मान गर्ने कि नगर्ने भन्ने हो ।’

उहाँले आफू प्रधानमन्त्री भएसँगै सरकारले भ्रष्टाचार, बेथिती र कुशासनका विरुद्ध अभियान सञ्चालन गरेसँगै आफूविरुद्ध एक समूह लागेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री दाहालले परिवर्तनको रक्षा र समाजवादी अभियानलाई अगाडि बढाउन समाजवादी मोर्चा गठन भएको बताउनुभयो ।

Post a Comment

0 Comments