ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई धरौटीमा छाड्न आदेश, कोसँग कति धरौटी माग ?

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।

 
न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जानकारी दिएको छ । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।
 
यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतका व्यक्तिहरू पक्राउ परेका थिए ।
 
कोसँग कति धरौटी माग ?
 
केशव तुलाधर,साधारण तारेखमा रिहा,
 
शिवजी भट्ट–३ लाख ३० हजार
 
रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
 
बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार 
 
कलाधर देउजा –१५ लाख
 
घमन कुमार कार्की– ७ लाख ५० हजार
 
गोपाल कार्की –७ लाख ५० हजार 
 
विनोद पौडेल– १५ लाख
 
योगराज पौडेल– ७ लाख ५० हजार
 
नारायणराज मिश्र –७ लाख ५० हजार
 
अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार
 
ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार 
 
बाबुराजा महर्जन– १ लख १० हजार
 
देवनारायण महर्जन – १ लाख १० हजार
 
सकलानन्द महर्जन– १ लाख १० हजार 
 
सञ्जय कुमार महर्जन– १ लाख १० हजार
 
लोकहरि घिमिरे –७ लाख ५० हजार

Post a Comment

0 Comments