धरानका मेयर हर्क साम्पाङ्लाई प्रश्न गर्ने युवक थुनिए

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ्ले एक जना सेवाग्राहीलाई थुनाएका छन । साम्पाङ्ले सामाजिक सञ्जालमा लेखेको भन्दै अशोक लिम्बूलाई पक्राउ गरि थुनाएका हुन् ।

थुनेका विषयमा साम्पाङले सामाजिक सञ्जालमा बदमासलाई प्रहरीलाई जिम्मा लगाएको लेखेका छन् । 

उनले स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई नछाड्ने बताए । शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेका थिए ।

प्रश्न गरेको विषयलाई लिएर लिम्बूलाई नगर प्रहरी लगाएर पक्राउ गरिएको थियो । लिम्बूलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ ।

Post a Comment

0 Comments