काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको आह्वानमा बैठक बस्दै छ । केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक कोइरालाले बोलाउनुभएको हो ।
कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको एक नेताले रातोपाटीलाई बताए । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ ।
असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाएका बुझिएको छ ।

0 Comments