काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछन् । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका भएपछि हिजो तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो ।
दिवंगत नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि आज दिउँसो ३ बजे बैठक बोलाइएको संसद् सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो ।

0 Comments