सुवास नेम्वाङजस्तो सच्चरित्रवान्, असल र सहज व्यक्तिको अभाव सधैं खड्किरहन्छः लक्ष्मण कर्ण

काठमाडौं । लोसपाका वरिष्ठ नेता लक्ष्मण कर्णले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ सच्चरित्रवान्, असल र सहज व्यक्ति भएको बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि त्रमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका कर्णले नेम्वाङ धेरै विद्वान् र कानुन, संविधानको ज्ञाता पनि भएकाले दुई–दुईपटक संविधानसभाको अध्यक्ष भएको स्मरण समेत गर्नुभएको छ ।

संविधानसभाबाट संविधान बन्नुमा नेम्वाङको धेरै योगदान रहेको स्पष्ट पार्दै नेता कर्णले नेम्वाङ सफल नेता भएको पनि चर्चा गर्नुभयो ।

नेता कर्णले सबैका कुरा सुन्ने र पार्टीभन्दा बाहिरका नेता सांसदको पनि विश्वासिलो र हितैषी व्यक्तिका रुपमा नेम्वाङलाई आफूले चिनेको बताउँदै नेम्वाङसंग आफ्नो निकै आत्मीय सम्बन्ध रहेको बताउनुभयो ।

नेता कर्णले नेम्वाङजस्तो सकारात्मक सोच, विचार र व्यवहार भएको व्यक्ति कमै भेटिने भन्दै उहाँको अभाव सधै खड्किरहने बताउनुभयो । Nepali network.com

Post a Comment

0 Comments