राजकीय सम्मानका साथ सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ । बिहान ११ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिन लागेको हो ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहनुभएका नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको छ भने आज सार्वजनिक बिदा पनि दिएको छ ।

सोमबार राति हृदयतघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो पार्टी कार्यालय पुर्याइएको थियो । जहाँ प्रधानमन्त्रीदेखि दलका शीर्ष नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Post a Comment

0 Comments