काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत् प्राप्त उपलब्धिहरूलाई हल्लाउने प्रयास भइरहेको बताउनुभएको छ ।
मंगलबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कतिपय काम र निर्णयमा टेकेर संविधान हल्लाउने प्रयास भइरहेको र संघीय कानून बनाउने कुरामा आफूहरु पनि चुकिरहेको उल्लेख गर्नुभयो ।
२०७२ सालमा जारी गरेको संविधानपछिको ८ वर्षको अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन नसकेको बताउनुभयो । संघीय कानून पहिलो प्राथमिकतामा राख्नुपर्ने भएपनि अहिलेसम्म अल्मलिएको उहाँको धारणा थियो ।
संविधान जारी गर्दा हामीले संविधान सभाका अगाडि संविधान सभामार्फत सिंगो नेपाली जनताहरु समक्ष संसारका लोकतन्त्रवादीहरुलाई दिएको विश्वास र वचन पूरा गर्ने प्रक्रिया बाँकी छ । संविधानलाई संशोधनमार्फत् समृद्ध गर्दै लैजानु पर्ने काम बाँकी छ, उहाँले भन्नुभयो ।

0 Comments