सुनको भाउ आज एकैदिन झण्डै तीन हजार रुपैयाँले बढ्यो

काठमाण्डाै । हप्ताको पहिलो दिन आज सुनको भाउ झण्डै तीन हजार रुपैयाँले बढेको छ ।

सुन आज तोलाको १ लाख १३ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


अस्ति शुक्रवार सुन तोलामा १ लाख १० हजार एक सय रुपैयाँ पुगेको थियो ।  

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ४५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

Post a Comment

0 Comments