गैरआवासीय नेपालीलाई नागरिकता दिनु राष्ट्रघाती : प्रभु साह

 काठमाडौं । सरकारले सुरु गरेको गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानको आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले विरोध गर्नुभएको छ ।

अध्यक्ष साहले गैरआवासीय नेपालीलाई नागरिकता दिनुलाई राष्ट्रघाती भन्दै सामाजिक संजालमार्फत विरोध जनाउनुभएको हो । उहाँले सरकारको अपराधजन्य कार्यकोविरुद्ध आम जनता एक भएर प्रतिवाद गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले गैरआवासीय नागरिकता वितरणले विदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पति बेचबिखन गरि विदेश लैजाने बाटो खुल्ने बताउनुभएको छ ।

दुनियाँमा कही नभएको दोहरो नागरिकताको प्रावधानले नेपाल छिट्टै खोक्रो हुने उहाँले टिप्पणी गर्नुभएको छ ।

Post a Comment

0 Comments