तेस्रो रोल्पा महोत्सव फागुन १७ गतेदेखि लाग्ने

टेकमन बिष्ट, रोल्पा १४ फागुन । तेस्रो रोल्पा महोत्सव आउदो १७ गते बिहिवार देखी २६ गतेसम्म  लिबाङ्मा संचालन हुने भएको छ रोल्पा जिल्लाको ब्यवसायिक कृषि, उद्योग, संस्कृति र पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनका लागि तेश्रो रोल्पा महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

यहीँ फागुन १७ गतेदेखि २६ गतेसम्म संचालन हुने महोत्सवमा कलाकारहरु गायिका ज्योति मगर,गायक पशुपति शर्मा,गायिका शान्ति श्री परियार,हास्य कलाकार धुर्मुस सुन्तली,गायिका एलिना चौहान,गायक प्रमोद खरेल,अमर रोका मगर,प्रीति आले,खेम चेनचुरी,टीका सानु,लगाएत स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।

रोल्पा उद्योग बाणिज्य संघको आयोजनामा हुने उक्त महोत्सव १० दिनसम्म संचालन हुने अध्यक्ष केसबकुमार आर्चायले जानकारी दिनुभएको छ ।


महोत्सवमा स्थानिय स्तरमा उत्पादन हुने विभिन्न बस्तु जस्तै जडिबुटी,मकै,कोदो,फापर रोल्पा जिल्लामा मा विभिन्न अल्लो धागोबाट बनेका विभिन्न किसिमका वस्तुहरु,झकी नाच,पैसरु नाच लगायका बिभाजन आक्रसक झल्काउने उत्पादन राखिने छ ।

यस पालिको महोत्सवमा भने राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान र स्थानीय विभिन्न कलाकारहरु सँगको सहकार्यमा राष्ट्रियस्तरका र स्थानीयस्तरका कलाकारहरुको प्रस्तुती राखिने भएको हो । महोत्सवलाई व्यापक प्रसार प्रचार गर्ने गरि रोल्पाका सम्पुर्ण १० स्थानीय तहलाई समेती तेस्रो महोत्सवको आयोजना गरिएको हो ।


महोत्सवमा विभिन्न स्थानीय तहका प्रमुख प्रतिनिधिहरु, पत्रकारहरु, विभिन्न सरोकारवालाहरु सँग भेटघाट तथा छलफल गरि विभिन्न सुझाव संकलन गर्दै सकारात्मक ढंगले महोत्सव सञ्चालन तथा आयोजना गरि मनोरञ्जनात्मक ढंगले महोत्सव सम्पन्न गरिने आयोजकले बताएको छ । 

महोत्सव अबधि भर अपाङ्ग भएका मानिसको लागी उचित पास कार्ड साथै सौचालय को समेत व्यवस्थापन गरिने बताइएको छ ।

Post a Comment

0 Comments