रोल्पाका पालिका मध्ये लुङ्ग्री गाउँपालिका कार्यसम्पादनमा पहिलो

रोल्पा, ११ फागुन । रोल्पाका १० पालिका लुङ्ग्री गाउँपालिका कार्यसम्पादनमा पहिलो भएको छ ।


राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार ४२.८५ अंक ल्याएर लुङ्ग्री गाउँपालिका जिल्लाको पहिलो भएको हो । त्यस्तै ३९.८९ अंक ल्याएर रोल्पा नगरपालिका दोस्रो, ३७.७१ अंक ल्याएर रुन्टिगढी  गाउँपालिका तेस्रो भएका छन् ।



त्यस्तै ३६.२४ अंक ल्याएर माडी गाउँपालिका चौथो, ३४.५४ अंक ल्याएर परिवर्तन गाउँपालिका पाँचौं, ३२.३२ अंक ल्याएर सुनिलस्मृति गाउँपालिका छैठौं भएका छन् ।


त्यस्तै ३०.९० अंक ल्याएर सुनछहरी गाउँपालिका सातौं, ३०.३१ अंक ल्याएर त्रिवेणी गाउँपालिका आठौं, २४.८५ अंक ल्याएर थवाङ गाउँपालिका नवौं तथा १५.८८ अंक ल्याएर गंगादेव गाउँपालिका दशौं स्थानमा रहेका छन् ।


बिभिन्न १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गर्दा धेरैजसो स्थानीय तहहरु ३० अंक घटाउन पनि असफल छन् ।


Post a Comment

0 Comments