धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिचेतमा कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा एउटा घर जलेर नष्ट भएको छ ।
गए राति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीयवासी पूर्ण तामाङले जानकारी दिनुभयो ।
दिउँसो पानी परेपछि उनीहरूले साँझमा अँगेनोमा आगो तापेर आगो निभेको ठानेर सुत्न गएका थिए । उनीहरू घरमा आगो लागेपछि ब्युँझिएका उहाँले बताउनुभयो ।
आगलागीबाट झन्डै २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।

0 Comments