लुङग्री गाउँपालिकाका सबै वडाहरुमा फागुन २३ गतेदेखि २७ गतेसम्म दादुरा–रुबेला खोप सञ्चालन हुने

खुम बहादुर सुनार, फागुन १६ रोल्पा । लुङग्री गाउँपालिका खोप समन्वय समिति लुङग्री गाउँपालिका द्धारा –रुबेला खोप अभियान २०८०/०८१ को बारेमा एक दिने अभिमूखिकरण कार्यक्रम किलाचौरमा  कार्यक्रम विच सम्पन्न भएको छ ।

कार्यक्रममा दादुरा–रुबेला खोपको बारेमा गाउँपालिकाका जनप्रतिनिधिˏ स्वास्थ्य स्वयसेविकाˏ शिक्षकˏ  लगाएतलाई गाउँपालिकाको खोप समन्वय समितिद्वारा अभिमूखिकरण तालिम दिएको छ । 

कार्यक्रममा दादुरा–रुबेला खोप सम्बन्धी अभिमूखिकरण कार्यक्रमको प्रस्तुतीकरण लुङग्री  गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लेपेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।

लुङग्री गाउँपालिकाको सम्पुर्ण वडाहरुमा फाल्गुन  २३ गतेदेखि २७ गतेसम्म दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । अभियान गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीˏ  समुदाय स्वास्थ एकाई , अधारभुत स्वास्थ सेवा केन्द्र ˏ विभिन्न खोप केन्द्रहरूमा सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख लेपेन्द् बुढाथोकीले बताउनु भयो ।

यहाँका अनुसार दादुरा रुबेला खोप ९ महिना देखि ५ बर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुले यस खाेप  लगाउनु पर्ने अति महत्वपुर्ण खोप रहेको बताउनुभएको छ । यस दादुरा–रुबेला खोप लागेको १ जना व्यक्तिले १८ जना व्यक्तिलाई सम्म संक्रमण गर्न सक्ने एक डरलाग्दो सरुवा रोग भएको ले नै हामीले  यस खाेप लगाए पछि  कुनै पनि बालबालिका लाई सर्नेे रूबेला दादुरा राेग बाट बच्चाउनकाे लागि हामी सबै लागेर नै खाेप सफल पर्नेकाे लागि जनप्रतिनिधि , स्वास्थ्यकर्मी , स्वयंसेवकका , शिक्षक , विभिन्न सरकारी कर्मचारी , पत्रकार , नागरिक समाज लगायतको महत्त्वपूर्ण भुमिका रहेको पनि बुढाथोकीलेे बताउनुभयो थियो । 

खेप लगाउने मिति र स्थान लाई नै हामीले सबै मिलेर प्रचार गर्ने पनि लुङग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले बताउनुभएको छ । दादुरा रूबेला राेग अहिले त खासै त नभएको तर कुनै ठाउँमा भएको यसलाई नअाउन दिनको लागि सबै बालबालिकाले खाेप  लगाउनकाे लागि पनि सबै लागि परेर मात्र पुर्ण  खाेप गाउँपालिका बनाउनकाे लागि सबै खटिएर मात्र  सफल पार्ने पनि बताउनुभयो । दादुरा–रुबेला खोपको बारेमा सचेतना फैलाउन उपस्थित सबैलाई गाउँपालिकाका अध्यक्षले  भरत कुमार थापाले  अनुरोध गर्नुभयो । आ–आफ्नो क्षेत्रबाट सबैले दादुरा रुबेला खोपको बारेमा नागरिकहरुलाई जानकारी दिनुपर्ने उहाँले बताउनु भएको छ । 

कार्यक्रममा लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापा ˏ उपाध्यक्ष दिलकुमारी गुरुङˏ प्रमुख प्रशासकीय जित बहादुर परियार ˏ लुङ्ग्री गाउँपालिका वडा नं. १ वडा अध्यक्ष गणेश पुन ˏ लुङ्ग्री गाउँपालिका वडा नं. २ वडा अध्यक्ष अमृत घर्ती मगर  , लुङ्ग्री गाउँपालिका वडा नं. ३ वडा अध्यक्ष नेम बहादुर खड्का , लुङ्ग्री गाउँपालिका वडा नं. ४ वडा सदस्य तथा कार्यपालिका सदस्य इशा बिक , लुङ्ग्री गाउँपालिका वडा नं. ५ वडा अध्यक्ष रिख बहादुर रोका , लुङ्ग्री गाउँपालिका वडा नं. ६  वडा अध्यक्ष जोख बहादुर बुढाथोकी , लुङ्ग्री गाउँपालिका वडा नं. ७ वडा अध्यक्ष हिरा बहादुर पुन , लुङ्ग्री गाउँपालिकाका  कार्यपालिका सदस्यहरु ,  लुङ्ग्री गाउँपालिकाका शिक्षा शाखा निमित्त प्रमुख भेष बहादुर विष्ट ,   रोल्पा समाचार सप्ताहिक पत्रिकाका समाचार प्रमुख खुम बहादुर सुनार , गौरी शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलबहादुर खड्का  ,  बराह क्षेत्र माध्यमिक विद्यालय लुङग्री गाउँपालिका वडा नं. ५ किलाचाैरका  प्रधानाध्यापक पुर्ण खड्का , महिला स्वास्थ्य स्वेयमसेविकाˏ गाउँपालिकाका अन्य कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।


लुङग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाकाे  अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण लुङग्री गाउँपालिका स्वास्थ्य शाखा सह–संयोजक दिपा कुमारी विष्टले गर्नुभएको थियो ।



Post a Comment

0 Comments