रोल्पा, फागुन २० । रोल्पामा एक युवाको शव फेला परेको छ ।
मृतक रोल्पा नगरपालिका -१० धवाङका २९ वर्षिय मनिस पुन रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
शव आइतबार बिहान रोल्पा नगरपालिका वडा नं. ४ धबाङको धाङसी पुल नजिकै शव फेला परेको र अहिले मृत्युको कारण नखुलेको र शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक देविराम भण्डारीले बताउनु भएको छ।

0 Comments