आर.एन नेटवर्क, १७ असार, रोल्पा । जाजरकोटको भेरी नगरपालिका–५ इवरमा पहिरोले पुरिँदा ५ वर्षीय प्रिन्स विकको मृत्यु भएको छ । उहाँका बुबा रमेश घाइते हुनुभएको छ ।
विकका बाबुछोरालाई घरमै रहेको अवस्थामा आज बिहान पहिरोले पुरेको वडा नम्बर ५ का अध्यक्ष लाल बहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार प्रिन्सको घटनास्थलमै मृत्यु भएको हो । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
0 Comments