आर.एन नेटवर्क, १७ असार, रोल्पा । रोल्पाको माडी गाउँपालिका २ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
लु १ ज ३२५२ नम्बरको जिप सडकबाट करिब ४०० मिटर तल खसेको प्रत्यक्षदर्शिहरुले जानकारी दिएका छन । यो समाचार तयार पार्दा सम्म घटना स्थलमा प्रहरी पुगेको छैन ।स्थानीयहरुले उद्दारको प्रयास गरिरहेको छन ।
अपुष्ट जानकारी अनुसार गाडिमा १४ जना सवार रहेको हुन सक्ने स्थानीयहरुले अनुमान गरेका छन । घटना स्थलमा पुग्नु भएको पत्रकार बुद्धिमान वलीका अनुसार बाटोमा पहिरो गएको र गाडि रोकेर हेर्दै गर्दा ब्याक भएर गाडि सडकबाट तल खसेको जानकारी दिनु भएको छ । यो समाचार तयार पार्दा सम्म १ बच्चा र आमा सहित ५ जनाको ज्यान गएको खुलेको छ ।

0 Comments