काठमाडौँ ।अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार १८ जना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका छन् । उनले बाढीपहिरो तथा विपद्जन्य घटनामा परी स्याङ्जामा तीन, तनहुँमा तीन, पर्वतमा दुई, काभ्रेपलाञ्चोकमा दुई, काठमाडौँ, उदयपुर, पाल्पा र दाङमा एक-एक जना गरी १४ जनाको मृत्यु भएको जानकारी दिए ।
भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी, नारायणी, महाकालीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा आज पनि प्रहरीले गस्ती तथा अनुगमन जारी राखेको छ । देशैभर तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी उच्च सतर्कताका साथ प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

0 Comments