मुस्ताङमा फेरि हिमपहिरो

आर.एन नेटवर्क, भदौ १२ रोल्पा   मुस्ताङमा फेरि हिमपहिरो गएको छ । थासाङ गाउँपालिका–२ बोक्सीखोला माथिको लेकमा हिजो बेलुका ६ बजेतिर पुनः हिमपहिरो गएको हो । थासाङको बोक्सी खोला माथि छिप्लुङ लेक हुँदै धौलागिरि हिमालको फेदबाट पहिरो खसेको छ ।

मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले पहिले खसेको पहिरोको केही थुप्रो खसेको जानकारी दिनुभयो । यसअघि भदौ ६ गते दिउँसो थासाङको बोक्सी खोला माथि लेकमा हिमालको फेदबाट हिमपहिरो खसेको थियो । पहिरोले बस्ती जोखिममा नपरेको तर केही घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिनुभयो । 

Post a Comment

0 Comments