लुङ्ग्री गाउँपालिकाद्वारा एसईई परिक्षा अनुगमन

आर.एन नेटवर्क, चैत ०७ रोल्पा  । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को परिक्षाको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत थापाले अनुगमन गर्नुभएको छ ।

लुङ्ग्री गाउँपालिकामा दुई वटा परिक्षा केन्द्र रहेको गाउँपालिकाले जनाएको छ ।

पहिले केन्द बराहक्षेत्र माध्यामिक विद्यालय किलाचौर नियमित तर्फ २६९ जनाको उपस्थिति रहेको थियो । भने १ जनाको अनुपस्थित रहेको थियो । यस्तै ग्रेडवृद्धि तर्फ २६ जनाको उपस्थिति रहेको र २ जनाको  अनुपस्थिति रहेको जनाइएको छ। गाउँपालिका अध्यक्ष भरत थापा र निमित्त प्रमुख प्रशासकीय अधिकृत लेपेन्द्र बहादुर बुढाथोकीले परिक्षाको पहिलो दिन आज बराहक्षेत्र माध्यमिक विद्यालयको केन्द्रमा अनुगमन गुर्न भएको हो ।

यस्तै उता दोस्रो परिक्षा केन्द्र जनज्योति माध्यमिक विद्यालयमा नियमित तर्फ १ सय २२ जनाको उपस्थिति रहेको थियो । भने १ अनुपस्थित रहेको थियो । ग्रेडवृद्धि तर्फ २१ जना विद्यार्थीले परिक्षा दिएका छन । दोस्रो परिक्षा केन्द्रमा गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी गुरुङ र शिक्षा शाखा प्रमुख भेष बहादुर बिष्टले अनुगमन गर्नु भएको लुङ्ग्री गाउँपालिकाले जानकारी दिएको छ ।

परिक्षा शान्त र मर्यादित ढंगबाट सञ्चालन भएको छ । साथै थापाले परीक्षामा सहभागी विद्यार्थीहरुको सफलता र उज्जवल भविष्यको कामना समेत गुर्नभएको छ ।

Previous Post Next Post