रोल्पामा ४ जनामा हैजा पुष्टि

आर.एन नेटवर्क, भदौ १२ रोल्पा   रोल्पाको रोल्पा नगरपालिका– १० धवाङका चार जनामा हैजा पुष्टि भएको छ । जसमा ३ जना एकै परिवारका रहेका छन् । 

लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेशकुमार गुप्ताले हैजा पुष्टि भएका चारै जना निको भएर रोल्पा अस्पतालबाट डिस्चार्ज भइसकेको जानकारी दिनुभयो । 

उहाँका अनुसार एकै परिवारका ३ जनामा हैजा पुष्टि भएको छ । रोल्पा १० धबङका एकै परिवारका ३ जना र रोल्पा २ का एक जनालाई हैजा पुष्टि भएको हो ।

यो सँगै यस वर्ष नेपालमा हैजाबाट संक्रमित हुनेको संख्या ७१ पुगेको छ ।चिकित्सकका अनुसार हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हैजाबाट बिरामी भइन्छ । 

हैजाको प्रमुख कारण दुषित पिउने पानी र खानेकुरा हो । 

यसैबीच, स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भैरहेको बताउनुभएको छ । 

व्यवस्थापिका संसदको बुधबारको बैठकमा उहाँले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सक्रियतामा प्रदेश तथा स्थानीय तहसम्मै द्रुत प्रतिकार्य टोली परिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गर्ने गराउने कार्य भैरहेको बताउनुभयो । 

उहाँका अनुसार झाडापखाला तथा हैजाका बिरामीहरूको १४४ सरकारी तथा निजी अस्पतालहरूबाट नियमित रुपमा निगरानी भइ रहेको छ।


Post a Comment

0 Comments