बासुदेव गिरी,
आर.एन नेटवर्क, भदौ १४ रोल्पा । प्युठानको झिमरुक गाउँपालिका-३, लामासेरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार बाग्दुला-मच्छी-गौमुखी सडकको लामासेरा खण्डमा रा १ त ५०५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गौमुखी गाउँपालिका-६, लिवाङका १९ वर्षीय बिरेन्द्र बोहोराको ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टरमा के कति सवार थिए भन्ने बारे अहिले केही खुलेको छैन ।
शुक्रबार बेलुका करिब ६:३० बजेतिर बाग्दुला-मच्छी -गौमुखी सडक खण्डको झिमरुक गाउँपालिका-३ स्थित क्रसर र झोलुङ्गे पुलको बिचबाट ट्याक्टर करिब एकसय मिट तल झिमरुक खोलामा खसेर दुर्घटना भएको स्थानीय कृष्ण बहादुर बस्नेतले जानकारी दिनुभयो । दुर्घटना बारे थप विवरण भने आउन बाकी छ ।

0 Comments