एकीकृत समाजवादीको उपचुनाव परिचालन कमिटी गठन

आर.एन नेटवर्क, भदौ १७ रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपचुनाव परिचालन कमिटी गठन गरेको छ ।

पालिकामा रिक्त रहेका ठाउँमा आउँदो मङ्सिरमा हुने उपचुनावका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर कमिटी गठन गरेको पोलिटब्यूरो सदस्य मोहन गौतमले जानकारी दिनुभयो । आसन्न उपचुनाव लक्षित कमिटीमा पार्टीका उपाध्यक्ष, उपमहासचिव, सचिव हुनुहुन्छ ।

कोशी प्रदेशको संयोजकमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेशको संयोजकमा धर्मनाथप्रसाद शाह, बाग्मतीको संयोजकमा डा. गङ्गालाल तुलाधर, गण्डकीको संयोजकमा पार्टी सचिव श्रीनाथ बराल, लुम्बिनीको संयोजकमा उपमहासचिव मेटमणि चौधरी, कर्णालीको संयोजकमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशको संयोजकमा भानुभक्त जोशीलाई जिम्मेवारी तोकिएको छ ।

पार्टीका विभिन्न विभाग, इन्चार्जसहितका विभिन्न नेतालाई जिम्मेवारी छिट्टै तोकिने जनाइएको छ ।

Post a Comment

0 Comments