आर.एन नेटवर्क, भदौ १७ रोल्पा । प्युठानको माण्डवी गाउँपालिका-२ मा मानव कंकाल फेला परेको छ । माण्डवी गाउँपालिका-२ अधेरीस्थित दल बहादुर खत्रीको पुरानो घरमा मानव कंकाल फेला परेको हो ।
आइतबार बाँदर धपाउन गएको बेला पानी परेपछि ओत लाग्न उक्त घरमा गएका बेला स्थानीयले मानव कंकाल भेटाएका हुन । घर विगत ७ वर्षदेखि खाली छ । मानव कंकाल बच्चाको जस्तै देखिएको स्थानीयको भनाई छ ।घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्यूठानको प्रहरी प्रमुख ईश्वर थापा नेतृत्वको टोली पुगेको छ । “भर्खरै घटनास्थल आईपुगेका छौं,” सूचना अधिकारी केशव के.सी.ले भन्नुभयो,”अनुसन्धान हुँदैछ ।”

.gif)
0 Comments