एकैदिन १४४६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

राजेश नेपाली नेटवर्क, २६ पौष  । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १हजार ४४६ जनामा संक्रमण पुष्टि भएको हो ।



पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० पुगेको छ । ती मध्ये ११ हजार ६०६ जनाकाृ मृत्यु भएको छ भने ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ८५५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार २४५ जना होम आइसोलेसनमा रहेका छन् भने ६१० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

आज थपिएकामा काठमाडौं उपत्यकामा थप ८७६ जना कोरोना संक्रमित छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६७५, ललितपुरमा १३६ र भक्तपुरमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यका बाहेक आज सबैभन्दा धेरै मोरङमा ७२, कास्कीमा ५८, चितवनमा ४५, रुपन्देहीमा ४३, झापामा ३१, धनुषामा १८, मकवानपुर र दाङमा १६/१६ जना, कैलालीमा १४, पश्चिम नवलपरासीमा १३, सिरहा र बाँकेमा १२/१२ जना, काभ्रेपलाञ्चोकमा ११ तथा तनहुँ र स्याङजामा १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

Post a Comment

0 Comments