राजेश नेपाली नेटवर्क, २६ पौष । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८ पौष २६ को सूचना अनुसार हालैका दिनहरुमा कोभिड १९ को संक्रमण तिव्र रूपमा फैलिएकोले परिवर्तन गाउँपालिकाको सबै विद्यालयहरु १५ दिनसम्म विदा गर्ने बताइएको छ । ओमिक्रोन भेरियन्टको संक्रमण समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य सुरक्षा तथा बचावटको विषयलाई विषेश ध्यान दिन आग्रह समेत गरेको छ।देशैभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा वार्षिक बिदा मिलान हुने गरी २०७८ पौष २७ गते देखि २०७८ माघ १५ गते सम्म बिदा दिने निर्णय भएकोले परिवर्तन गाउँपालिकमा पनि सबै विद्यालयहरु बन्द गरिदिन परिवर्तन गाउँपालिका शिक्षा शाखा अधिकृत चित्रा बस्नेतद्धारा हस्ताक्षर सूचनामा जनाइएको छ।
साथै परिवर्तन गाउँपालिका अन्तर्गत वडा नं।१ देखि वडा नं।६ सम्म स्थायी रूपमा बसोबास गर्दै आएका विभिन्न व्यक्तिले कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ बमोजिम नेपाल सरकारले उपलब्ध गराउने नगद हस्तान्तरणको रकम प्राप्त गर्न निवेदन पेश गरेको हुँदा सो सम्बन्धमा कसैको दाबी बिरोध रहेमा सूचना प्रकाशित भएको मितिले ३ दिन भित्र दाबी विरोध पेश गर्न पालिकाले आग्रह गरेको छ ।
0 Comments