सिंहदरबारमा लाग्यो गणतन्त्रविरोधी नारा, राजतन्त्रको पक्षमा जयजयकार

 राजेश नेपाली नेटवर्क, २७ पौष  । पूर्वराजा ज्ञानेन्द्र शाहले १३ वर्षपछि राष्ट्र निर्माता तथा आफ्ना पूर्वज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नभएको छ । निर्मल निवासबाट निस्किएर नारायणहिटी दरबार संग्रहालयको बाटो हुँदै शाहले सिंहदरबार अगाडि रहको पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्नुभएको ।

पूर्वराजा शाह सिंहदरबार अगाडि पुग्दा सयौँ राजावादीहरुले उहाँको स्वागत गर्नुका साथ राजतन्त्रको पक्ष र गणतन्त्रको विरोधमा नाराबाजी गरेका थिए । मर्थकले उत्साहजनक नाराबाजी गरेपछि ज्ञानेन्द्रले पनि राजर्षि शैलीमा हात हल्लाएर अभिवादन गर्नुभएको थियो ।



२०६५ सालमा भएको गणतन्त्र घोषणायता पहिलो पटक पूर्वराजा शाहले आफ्ना पुर्खा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी शाहको सालिकमा माल्यापर्ण गरेर फर्केलगत्तै पूर्वराजा शाह सिंहदरबार पुग्नुभएको थियो ।

त्यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापा लगायतले पनि शाहको सालिकमा माल्यापर्ण गरेका थिए । कोरोना कहरकाबीच राजावादीहरुसहित सयौँ सर्वसाधारणहरु पनि शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबार पुगेका थिए । उनीहरु पृथ्वी नारायण शाहको महिमा गाउँदै थिए ।


मंगलबार राजावादी तथा अन्य विभिन्न शक्तिले ३०० औँ पृथ्वी जयन्ती देशभर मनाएका छन् । तर सरकारले पृथ्वी जयन्तीमा बिदा नदिएको र औपचारिक कार्यक्रम समेत नगरेर राष्ट्रनिर्माताको अपमान गरेको भन्दै विरोध पनि भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायणले निर्माण गरेको देशका प्रधानमन्त्रीले उहाँको सम्मान नगर्नु नेपाल र नेपालीका लागि ठूलो पीडाका विषय रहेको बताउनुभयो ।

पृथ्वीनारायण शाहबारे नेपालमा फरक–फरक मतहरु प्रकट भइरहेका छन् । कतिपयले नेपाल एकीकरण गरेको नभइ ठूलो राज्यको राजा हुने चाहनाले पृथ्वीनारायणले अरु राज्यमाथि बर्बर आक्रमण गरेको टिप्पणी गर्दै दिवसका रुपमा मनाइनुलाई नै आपत्तिजनक भनिरहेका छन् । तर अधिकांशले भने नेपालका जन्मदाता पृथ्वीनारायण नै रहेकोले उहाँको अपमान गर्नु बुवाआमालाई अपमान गरेसरह हुने विचार व्यक्त गरेका छन् ।

Post a Comment

0 Comments