चीनबाट ११ लाख ८४ हजार मात्रा भेराेसेल खाेप आइपुग्याे

 राजेश नेपाली नेटवर्क, २७ पौष  । चीनबाट झन्डै १२ लाख मात्रा कोभिडविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ ।   

एसियाली विकास बैंकको ऋण सहयोगमा आज मङ्गलवार भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डाक्टर सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । यो खोप नियमित रूपमा १८ वर्षमाथि उमेर समूहकालाई लगाइने उहाँले बताउनुभयो ।




योसँगै नेपालले अहिलेसम्म भेरोसेल, कोभिशिल्ड, एस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसन एन्ड जोनसन लगायतका चार करोड तीन लाख ८७ हजार नाै सय २७ मात्रा खोप प्राप्त गरेको छ । 

पछिल्लो केही दिनदेखि नेपालमा कोरोनाको सङ्क्रमण दर बढ्दो छ । विज्ञहरूले नयाँ सङ्क्रमणबाट जोगिनका लागि समेत खोप लगाउन सुझाव दिइरहेका छन् । सरकारले आउँदाे माघ महिनादेखि लक्षित समूह निर्धारण गरी भेरोसेल खोपको अतिरिक्त मात्रासमेत दिने योजना बनाएको छ ।

Post a Comment

0 Comments