कैँची प्रहारबाट काठमाण्डौको चन्द्रागिरीमा एक जनाको ज्यान गयाे

राजेश नेपाली नेटवर्क, माघ ३ ।  काठमाण्डौको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा साथीसाथीबीच झगडा हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । 

सामान्य विवादमा कैँची प्रहार गर्दा काठमाण्डौको मातातिर्थ घर भई गुर्जुधारा बस्दै आएका २७ वर्षका रोशन रिजालको ज्यान गएको चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । 




घाइते एक जनाको उपचार भैरहेको छ । हत्यामा संलग्न दुई जना दाजुभाई अनुज र अशोक बस्नेतलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । एक जनालाई हिजो र एकजनालाई आज पक्राउ गरिएको हो । 

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments