चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

राजेश नेपाली नेटवर्क, फागुन २८ । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। इच्छाकानमा गाउँपालिका-२ रमाइलो डाँडाको भित्री सडक खण्डमा प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ हिजो बेलुका ५ बजेतिर पल्टिएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा इच्छाकामना गाउँपालिका–३ की ३० वर्षीया प्रतिभा गुरुङ र उहाँका ५ वर्षीय छोरा आर्यन  गुरुङ र  उहाँका भदा इच्छाकामना–२ बस्ने ३४ वर्षका रविन  गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा राखिएको छ । 

Post a Comment

0 Comments