राजेश नेपाली नेटवर्क, फागुन २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीअन्तर्गतका परियोजनाहरु निर्माणका लागि एमसीए–नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै देउवाले ग्लोबल टेन्डरमा भाग लिने हिम्मत गर्न व्यवसायीलाई आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले एमसीसीको टेन्डरबाट नेपाली कम्पनी छानिएमा आफू खुसी हुने बताउनुभयो । अमेरिकाको कानुनका कारण अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने भन्दै जुनसुकै देशका कम्पनी पनि एमसीसीको परियोजना निर्माणका लागि आउन सक्ने उहाँले बताउनुभयो । एसमीसीको ५० करोड डलर सहयोगअन्तर्गत ३१५ किलोमिटर प्रसारणलाइन र ७७ किलोमिटर सडक विस्तारको काम हुने भनिएको छ ।
0 Comments