राजेश नेपाली नेटवर्क, चैत्र ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गर्नुभएको छ । उहाँले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नेविसंघ केन्द्रीय तर्दथ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गर्नुभएको हो ।
यस्तै तरुण दलको केन्द्रीय तर्दथ समितिको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गर्नुभएको छ । तदर्थ समितिले तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्नेछ । यता, भ्रातृ संगठन नेविसंघ र तरुण दलको नेतृत्व चयनमा सभापति देउवाले परामर्श नगरेकोप्रति डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । नेता शेखर पक्षको बैठकले मनोनित व्यक्तिप्रति आपत्ति नरहेपनि विना परामर्श चयन गरेकोमा असन्तुष्टि व्यक्त गरेको हो ।
0 Comments