एमालेको सचिवालय बैठक आज बस्दै

राजेश नेपाली नेटवर्क,  चैत्र १ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो। स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी एमालेको रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । 



सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको थियो।

Post a Comment

0 Comments