तनहुँमा बस र जीप ठाेक्किँदा ३ जनाकाे ज्यान गयाे

राजेश नेपाली नेटवर्क, फागुन २९ ।  तनहुँको आँबुखैरेनी गाउँपालिका दुई ऐनापहरामा आज आइतवार दिउँसाे बस र जीप ठोक्किँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । दुई जना पुरुष र एक जना महिलाको ज्यान गएको भए पनि उनीहरूको परिचय खुलेको छैन । घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिनुभयो । 


मुग्लिनङबाट आँबुखैरेनीका लागि छुटेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको जीप  एकआपसमा ठक्कर खाएको थियो । ज्यान गुमाउने बसका हुन् या जीपका भन्ने खुलेको छैन । 

Post a Comment

0 Comments