माओवादीबाट निर्वाचित बेनीघाट राेराङ गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

राजेश नेपाली नेटवर्क, चैत्र २१ । धादिङकाे बेनीघाट राेराङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादीबाट निर्वाचित हरि डल्लाकोटी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा आज साेमवार पार्टी प्रवेश गराउनुभएकाे हाे । 



नेकपा माओवादी केन्द्रकाे बाग्मती प्रदेश कमिटी सदस्यसमेत रहनुभएका डल्लाकाेटीले धादिङमा माओवादी केन्द्र छाड्ने लहर सुरु भएको र गाउँगाउँबाट हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्ने क्रम सुरु भएकाे बताउनुभयाे ।  

अध्यक्ष डल्लाकोटीले गठबन्धन संस्कृति लोकतन्त्रका लागि घातक भएकाले त्यसको विरोध गर्दै पुरानो घर एमालेमा फर्किएको बताउनुभयाे । पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले जनताका लागि काम गर्न डल्लाकोटीलाई आग्रह गर्नुभएको थियो । 

Post a Comment

0 Comments